Kathmandu Press

मन्दिरबाट चोरी भएका ११ थान मूर्ति सहित २ जना पक्राउ

मन्दिरबाट चोरी भएका ११ थान मूर्ति सहित २ जना पक्राउ

काठमाडौं, असार ७ : गोकर्णेश्वर नगरपालिका ४ गोकर्ण रमपम चोकस्थित कृष्ण मन्दिरबाट चोरी भएका ११ थान मूर्ति सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गोकर्णेश्वर नगरपालिका ७ दक्षिणढोका बस्ने ओखलढुङगा लिखु गाउँपालिका ९ घर भएका ४२ वर्षीय अकिंत घिमिरे र गोकर्णेश्वर नगरपालिका ८ बालुवाखानी बस्ने सर्लाही रामनगर गाउँपालिका ६ घर भएका ४६ वर्षीय रुपनायाण शाह रहेका छन् ।

उक्त मन्दिरबाट गत जेठ २३ गते मूर्ति चोरी भएको भन्ने खबर प्राप्त हुना साथ महानगरीय प्रहरी वृत्त बौद्ध र महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनीहरुलाई पित्तलको सानो ठुलो मूर्ति ८ थान र प्लाष्टिकको मूर्ति ३ थान गरी जम्मा ११ थान मूर्ति सहित फेला पारी पक्राउ गरेको हो ।
 

प्रकाशित मिति: १९:०२ बजे, सोमबार, असार ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्