Kathmandu Press

ग्लोबल आइएमइ बैंकले दुई अर्ब रुपैयाँ ऋण लिने

काठमाडौं, असार १२ : ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको स्वीकृतिमा इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) बाट करीब दुई अर्ब २० करोड ....

ग्लोबल आइएमइ बैंकले दुई अर्ब रुपैयाँ ऋण लिने

काठमाडौं, असार १२ : ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको स्वीकृतिमा इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) बाट करीब दुई अर्ब २० करोड रुपैयाँ ऋण लिने भएको छ। 
    
ऋण लिने सम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भए पनि बैंकले शुक्रबार जानकारी दिएको हो।  बैँकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र इन्टरनेशनल फाइनान्स कर्पोरेशनका आवासीय प्रतिनिधि तथा नेपाल प्रमुख एम रेहन रशिदले शुक्रबार बैंँकमा आयोजित एक समारोहबीच सम्झौता आदानप्रदान गरेका हुन्।
    
सम्झौताअनुसार, नेपाल राष्ट्र बैंकबाट स्वीकृति पश्चात ग्लोबल आइएमई बैंकले करीब दुई करोड अमेरिकी डलर ऋण लिई विभिन्न क्षेत्रमा ऋण लगानी गर्नेछ। यो सम्झौताले हाल बैंकिङ क्षेत्रमा देखिएको लगानी योग्य पूँजीको अभावलाई केही हदसम्म कम गर्ने विश्वास बैंकले लिएको छ। 

आइएफसीबाट ल्याइने ऋणलाई विशेष गरी साना तथा मझौला उद्योग, पर्यटन तथा कृषि क्षेत्रमा ऋण लगानी गर्ने बैँकको योजना रहेको छ।

प्रकाशित मिति: १८:२२ बजे, शुक्रबार, असार १३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्