पत्रकार परिचयपत्र दुरुपयोग रोक्न माग
काठमाडौँ, असार ७ : अनलाइन टिभी पत्रकार सङ्घले पत्रकार परिचयपत्रको दुरुपयोग भएको भन्दै रोक्न माग गरेको छ ।सङ्घका महासचिव पवन फुयाँलले प्रेस वक्तव्य...
काठमाडौँ, असार ७ : अनलाइन टिभी पत्रकार सङ्घले पत्रकार परिचयपत्रको दुरुपयोग भएको भन्दै रोक्न माग गरेको छ ।
सङ्घका महासचिव पवन फुयाँलले प्रेस वक्तव्य जारी गर्दै बन्दाबन्दीमा पत्रकारका नाममा गैरपत्रकारबाट पत्रकार परिचयपत्रको प्रयोग बढेकाले रोक्न माग गरेका हुन् ।
गैरपत्रकारले पत्रकारको परिचयपत्र लिएर बन्दाबन्दीका बेलामा पनि हिँडडुल गर्ने, पत्रकारले पाउने पहुँचको प्रयोग गर्नेलगायतका क्रियाकलाप भइरहेको सङ्घले जनाएको छ ।
सङ्घले पत्रकार परिचयपत्रको दुरुपयोग रोक्न, छानबिनलाई कडाइ गर्न, शङ्का लागेमा सोधिखोजी गर्न र दुरुपयोग भएको पाइएमा सम्बन्धित निकायमा खबर गर्न पनि सबैलाई अनुरोध गरेको छ ।
साथै पत्रकार परिचयपत्र दुरुपयोग नियन्त्रण गर्ने सिलसिलामा प्रेस स्वतन्त्रतालाई असर पर्ने गतिविधि नगर्न पनि सङ्घले सरोकारवाला सबैको ध्यानाकर्षण पनि गराएको छ ।
प्रकाशित मिति: १८:२७ बजे, सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)
