Kathmandu Press

ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, असार ७ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले ज्वाला संग्रौलासहित तीन जनालाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।आफूलाई अभियन्ता बताउने संग्रौलालाई अभद्र...
ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, असार ७ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले ज्वाला संग्रौलासहित तीन जनालाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।

आफूलाई अभियन्ता बताउने संग्रौलालाई अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिइएको हो। संग्रौलासँगै हिमाल उपाध्याय र शर्मिला वाइबालाई पनि थुनामा राख्न अनुमति दिइएको छ। हिमाल उनका पति हुन्।

महानगरीय प्रहरी वृत्त गौशालामा युवा संघकी नेत्रीसमेत रहेकी खुश्बु घिमिरेमाथि कुटपिट गरेको घटनाको अनुसन्धानका लागि संग्रौला, उपाध्याय र वाइबालाई प्रहरीले आइतबार पक्राउ गरेको थियो। खुश्बुले दिएको किटानी जाहेरीका आधारमा संग्रौला पक्राउ परेकी थिइन्। 

संग्रौलाले यसअघि महाराजगन्ज प्रहरीका असई मणिकान्त झालाई रंगभेदी अभिव्यक्ति दिएर दुर्व्यवहार गरेकी थिइन्। यस घटनाबारे पनि अनुसन्धान हुने जनाइएको छ। सो घटनाबारे मधेशी आयोगमा उजुरी पनि परेको थियो। 

प्रकाशित मिति: १७:३२ बजे, सोमबार, असार ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्