Kathmandu Press

पोखरीमा डुबेर प्युठानमा बालकको मृत्यु

प्युठान, असार ७ : प्युठानमा झिमरुकमा पोखरीमा डुबेर एक बालकको मृत्युु भएको छ।मृत्यु हुनेमा जिल्लाको झिमरुक गाउँपालिका-६ तोरवाङका वसन्त केसीका दुई वर्षीय छोरा...
पोखरीमा डुबेर प्युठानमा बालकको मृत्यु

प्युठान, असार ७ : प्युठानमा झिमरुकमा पोखरीमा डुबेर एक बालकको मृत्युु भएको छ।

मृत्यु हुनेमा जिल्लाको झिमरुक गाउँपालिका-६ तोरवाङका वसन्त केसीका दुई वर्षीय छोरा यमन केसी रहेको प्रहरीले जनाएको छ।

घर नजिकैको पोखरीमा आज (सोमबार) बिहान डुबेर अचेत हुनुभएका बालक यमनको प्युठान अस्पताल विजुवारमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवीप्रसाद गैरेले जानकारी दिए।

प्रकाशित मिति: १६:४९ बजे, सोमबार, असार ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्