Kathmandu Press

ढलेको पोलको करेन्ट लागेर मेलम्चीमा युवकको निधन

ढलेको पोलको करेन्ट लागेर मेलम्चीमा युवकको निधन

मेलम्ची, असार ७ : मेलम्चीमा करेण्ट लागेर एक युवकको ज्यान गएको छ।

मेलम्ची नगरपालिका-१० माझीबस्ती तल इन्द्रावती नदीमा आएको बाढीले बिजुलीको खम्बा ढाल्दा करेन्ट लागेर स्थानीयवासी अन्दाजी ३० वर्षीय धर्म दुलालको आज बिहान मृत्यु भएको हो। 

सोही घटनामा मेलम्ची-११ कै भरत दुलाल घाइते भई मेलम्चीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । शिखरपुर नवलपुरतर्फ ल्याइएको फलामे खम्बालाई इन्द्रावतीको बाढीले क्षति पुर्याएपछि विद्युत् चुहिँदा सो दुर्घटना भएको बताइएको छ।

सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले स्काभेटर लिएर जाँदा बाढीका कारण सडकमा ढलेको विद्युतको खम्बाबाट लिक भएको करेन्ट लागेर दुलालको मृत्यु भएको बताए।

प्रकाशित मिति: १५:३१ बजे, सोमबार, असार ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्