Kathmandu Press

अफगानी सेनाद्वारा तखार प्रान्तका दुई जिल्ला पुनः नियन्त्रण

काबुल, असार ७ : अफगानिस्तानको सरकारी फौजले उत्तरी तखार प्रान्तका दुई जिल्लालाई पुनः नियन्त्रणमा ल्याएको छ। उत्तरी क्षेत्रका सेनाका प्रवक्ता अब्दुल हाडी नजारीले गए...
अफगानी सेनाद्वारा तखार प्रान्तका दुई जिल्ला पुनः नियन्त्रण

काबुल, असार ७ : अफगानिस्तानको सरकारी फौजले उत्तरी तखार प्रान्तका दुई जिल्लालाई पुनः नियन्त्रणमा ल्याएको छ। 

उत्तरी क्षेत्रका सेनाका प्रवक्ता अब्दुल हाडी नजारीले गए राति सेनाले कारबाही गरी दुई जिल्लालाई पुनः सरकारी सेनाको नियन्त्रणमा ल्याएको जानकारी दिए। 

सेनाले नियन्त्रण कायम गरेका जिल्लाहरुमा घार र बांगी रहेका छन्। यी दुई जिल्लालाई केही दिनअघि तालिबानी विद्रोही समूहले आफ्नो नियन्त्रणमा ल्याएका थिए ।

सैनिक प्रवक्ता नजारीले सेनाको कारबाहीबारे विस्तृत विवरण भने दिएका छैनन् तर उनले दुबै जिल्लामा सेनाको नियन्त्रण कायम भएको बताए। 

अफगानिस्तानका विद्रोही तालिबान लडाकू समूहले उत्तरी तालुकान प्रान्तका केही जिल्लालाई आफ्नो नियन्त्रणमा लिएका छन् । उनीहरुले तखार प्रान्तको राजधानी तालुकानमाथि पनि दबाब सिर्जना गरिरहेका छन्। 

सेनाले गरेको पछिल्लो कारबाहीका बारेमा तालिबान समूहले भने कुनै प्रतिक्रिया जनाएको छैन। 

अफगानिस्तानबाट आगामी सेप्टेम्बर ११ भित्रै अमेरिकी र नेटो आबद्ध सैनिकहरु फिर्ता हुन लागेसँगै अफगानिस्तानको प्रमुख विद्रोही समूह तालिबानले देशभर थप हिंसात्मक कारबाही थालेको छ।

पछिल्लो एक महिनाभित्रै तालिबानले देशका ५० भन्दा बढी जिल्लालाई आफ्नो नियन्त्रणमा लिइसकेका छन्।

प्रकाशित मिति: १५:२० बजे, सोमबार, असार ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्