Kathmandu Press

माछापोखरीमा डुबेर झापाको अर्जुनधारामा एकको मृत्यु

झापा, असार ७ : माछा मार्ने क्रममा पोखरीमा आइतबार डुबेर बेपत्ता भएका अर्जुनधारा नगरपालिका-११ का ४० वर्षीय माइकल सोरेनको आज (सोमबार) बिहान शव फेला...
माछापोखरीमा डुबेर झापाको अर्जुनधारामा एकको मृत्यु

झापा, असार ७ : माछा मार्ने क्रममा पोखरीमा आइतबार डुबेर बेपत्ता भएका अर्जुनधारा नगरपालिका-११ का ४० वर्षीय माइकल सोरेनको आज (सोमबार) बिहान शव फेला परेको छ।

अर्जुनधारा नगरपालिकाका प्रमुख हरि रानाको घरमा कामदारका रुपमा बस्दै आउनुभएका सोरेन आइतबार माछापोखरीमा डुबेर वेपत्ता भएका थिए। 

नगरप्रमुखको घरदेखि २० मिटर पश्चिममा रहेको माछापोखरीमा माछा मार्ने क्रममा उनी बेपत्ता भएलगत्तै नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले खोजी गरेको थियो।

उनको शव उद्धार टोलीले आज बिहान मात्रै पोखरीमै फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए। सोरेनको शव परीक्षणका लागि मेची अस्पताल पठाइएको छ।

उनी नगरप्रमुखको घरमा पाँच वर्षदेखि सपरिवार बस्दै आएका थिए। उनका श्रीमती, एक छोरी र दुई छोरा छन्। 

प्रकाशित मिति: १४:५९ बजे, सोमबार, असार ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्