Kathmandu Press

झापामा कोरोना सङ्क्रमणबाट दुईको मृत्यु

झापा, असार ७ : कोरोना सङ्क्रमणबाट झापा गाउँपालिका र शिवसताक्षी नगरपालिकाका गरी दुईको मृत्यु भएको छ।मृत्यु हुनेमा झापा-४ की ४१ वर्षीया महिला रहेकी...
झापामा कोरोना सङ्क्रमणबाट दुईको मृत्यु

झापा, असार ७ : कोरोना सङ्क्रमणबाट झापा गाउँपालिका र शिवसताक्षी नगरपालिकाका गरी दुईको मृत्यु भएको छ।

मृत्यु हुनेमा झापा-४ की ४१ वर्षीया महिला रहेकी छन्। उनलाई अचानक श्वासप्रश्वासको समस्या भएपछि गत जेठ २७ गते बिर्तामोडस्थित बिर्तासिटी हस्पिटल भर्ना गरिएको थियो।

Hardik ivf

त्यहाँ कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । हस्पिटलको सघन उपचार कक्षमा उपचार गराइरहँदा स्वास्थ्यमा सुधार नआएपछि आफन्तले आइतबार बिरामीलाई घर ल्याएका हुन् । 

घरमा फेरि श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि दमकको लाईफलाईन हस्पिटल लैजाने क्रममा राति १० बजे मृत्यु भएको परिवारले जनाएको छ। सो गाउँपालिकामा दोस्रो लहरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या आठ पुगेको छ। 

शिवसताक्षी-१० मा कोरोनाबाट नै ६१ वर्षीय टङ्क विमलीकोे पनि आइतबारै उपचारका क्रममा विर्तासटी अस्पतालमा मृत्यु भएको हो। मृतक दोमुखामा दुई दशकदेखि होटल व्यवसाय गर्दै आएका थिए। 

शिवसताक्षीमा कोरोनाको दोस्रो लहरयता हालसम्म आठ सङ्क्रमितको मृत्यु भइसकेको छ। त्यसैगरी हाल नगरका ३५८ सङ्क्रमितमध्ये २२१ निको भइसकेका छन् भने १८८ सक्रिय सङ्क्रमित उपचाररत रहेका नगर स्वास्थ्य शाखाले जनाएको छ।

प्रकाशित मिति: १४:५२ बजे, सोमबार, असार ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्