विश्वभरमा झन्डै १८ करोड संक्रमित, ३८ लाख ६४ हजार बढीको मृत्यु (१० देशको विवरणसहित)
बेइजिङ, असार ७ : जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १७ करोड ८४ लाख ३६ हजार २ सय ८८ जना...
बेइजिङ, असार ७ : जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १७ करोड ८४ लाख ३६ हजार २ सय ८८ जना रहेका छन्।
कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ६४ हजार ७४२ जनाको मृत्यु भएको छ।
सो विश्वविद्यालयल दिएको पछिल्लो विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित दश देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार छन् :
देश सङ्क्रमितको संख्या कुल मृत्यु
संयुक्त राज्य अमेरिका ३ करोड ३५ लाख ४१ हजार ९६७ ६ लाख १ हजार ८२४
भारत २ करोड ९८ लाख ८१ हजार ७७२ ३ लाख ८६ हजार ७०८
ब्राजिल १ खकरोड ७९ लाख २७ हजार ९२८ ५ लाख १ हजार ८२५
फ्रान्स ५८ लाख १९ हजार ८८ १ लाख १० हजार ९००
टर्की ५३ लाख ७० हजार २९९ ४९ हजार १८५
रुस ५२ लाख ५५ हजार २१४ १ लाख २७ हजार २०६
बेलायत ४६ लाख ४६ हजार ६८ १ लाख २८ हजार २४०
अर्जेन्टिना ४२ लाख ६८ हजार ७८९ ८९ हजार ४३
इटाली ४२ लाख ५२ हजार ९७६ १ लाख २७ हजार ४३
कोलम्बिया ३९ लाख ४५ हजार १६६ ९९ हजार ९३४












