Kathmandu Press

राउटे समुदायका लागि एकीकृत नीति बनाउने कर्णाली सरकारको तयारी

सुर्खेत, असार ७ : कर्णाली प्रदेश सरकारले फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका लागि एकीकृत नीति ल्याउने भएको छ।कर्णालीको सामाजिक विकास मन्त्रालयले लोपोन्मुख...
राउटे समुदायका लागि एकीकृत नीति बनाउने कर्णाली सरकारको तयारी

सुर्खेत, असार ७ : कर्णाली प्रदेश सरकारले फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका लागि एकीकृत नीति ल्याउने भएको छ।

कर्णालीको सामाजिक विकास मन्त्रालयले लोपोन्मुख राउटे समुदायको संस्कृति र परम्परालाई जगेर्ना गर्दै उनीहरूको सामाजिकीकरण सघाउन राउटे नीति बनाउने तयारी गरेको हो।

एकै ठाउँमा नबस्ने, घुमन्ते समुदाय भएकाले राउटेको संरक्षणका लागि छुट्टै नीति आवश्यक देखिएको उक्त मन्त्रालयको भनाइ छ।

पछिल्लो समय समुदायको संस्कार र संस्कृतिमाथि बाह्य समुदायको हस्तक्षेप बढेकाले उनीहरूको बस्ती प्रवेशमा निषेध, राहतको एकद्वार प्रणाली, सुरक्षाको प्रबन्धलगायत विषयहरु नीतिभित्र समेटिने बताइएको छ।

लोपोन्मुख समुदाय राउटे कर्णलीको पहिचान भएकाले उक्त समुदायको संरक्षण गर्ने दायित्व कर्णाली सरकारको पनि भएको मन्त्रालयले जनाएको छ।

केही समयअघि राउटे समुदायका केही युवतीमाथि अवाञ्छित गतिविधि भएको घटना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रशासनले उनीहरूको बस्तीमा बाहिरका मानिसलाई जान परुतिबन्धसमेत लगाउनुपरेको थियो।

प्रकाशित मिति: १४:०७ बजे, सोमबार, असार ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्