Kathmandu Press

पठाओ र टुटलले भोलिबाट सेवा दिन थाल्ने

काठमाडौं, असार ७ : काठमाडौं उपत्यका प्रशासनले भोलि (मंगलबार) बाट लागु हेने गरी थपिएको निषेधाज्ञालाई केही खुकुलो बनाएको छ।जसअनुसार निजी सवारीलाई जोरबिजोर प्रणलीअनुसार चल्न...
पठाओ र टुटलले भोलिबाट सेवा दिन थाल्ने

काठमाडौं, असार ७ : काठमाडौं उपत्यका प्रशासनले भोलि (मंगलबार) बाट लागु हेने गरी थपिएको निषेधाज्ञालाई केही खुकुलो बनाएको छ।

जसअनुसार निजी सवारीलाई जोरबिजोर प्रणलीअनुसार चल्न दिने भएपछि राइड सेयरिङ कम्पनी टुटल र पठाओले भोलि सेवा दिने थाल्ने भएको छ।

कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै त्यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण वैशाख १६ यता टुटल र पठाओको राइड सेयरिङ सेवा बन्द थियो।

सरकारले लागू गरेको जोरबिजोर प्रणालीअनुसार नै सेवा सुरु गर्ने तयारी गरिएको ती कम्पनीले जनाएका छन्।

निषेधाज्ञा कायमै रहेकाले सेवाग्राहीको संख्या कम हुने भए पनि सरकारले तोकेको मापदण्ड पुरा गरेर सेवा सुरु गर्ने तयारी गरिएको पठाओले जनाएको छ।

टुटलले पनि मंगलबारदेखि आवश्यक सतर्कतासहित सेवा थाल्नेगरी सबै तयारी गरिसकिएको जनाएको छ। यात्रुलाई पनि मास्क अनिवार्य लगाउन र आवश्यक सावधानी अपनाउन टुटलले आग्रह गरेको छ।

सार्वजनिक सवारी नचलेकाले समस्यामा परेकाहरूलाई सघाउने सामाजिक भावनासहित सेवा दिन लागिएको ती दुवै कम्पनीको भनाइ छ।

प्रकाशित मिति: १३:४९ बजे, सोमबार, असार ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्