Kathmandu Press

चन्द्रागिरिको नीति तथा कार्यक्रममा स्वास्थ्यलाई प्राथमिकता

काठमाडौं, असार ७ : चन्द्रागिरि नगरपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी गरेको छ। काठमाडौँ उपत्यका प्रवेशको मुख्य नाकामा रहेको...
चन्द्रागिरिको नीति तथा कार्यक्रममा स्वास्थ्यलाई प्राथमिकता

काठमाडौं, असार ७ : चन्द्रागिरि नगरपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी गरेको छ। काठमाडौँ उपत्यका प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरिले आर्थिक वर्ष २०७८/७९ मा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट ल्याउन लागेको हो । 

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि चन्द्रागिरिले नीति तथा कार्यक्रम र बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको हो। 

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले आगामी दिनमा आउने कोरोनाको तेस्रो भेरियन्टलाई मध्यनजरमा राख्दै नीति, कार्यक्रम र बजेट निर्माण गर्न लागेको जानकारी दिए।

‘पिसिआर परीक्षण, एन्टीजेन परीक्षण, कोरोना खोप र अक्सिजन प्लान्टलाई लक्षित गरेर नीति, कार्यक्रम र बजेट निर्माण गर्न लागेका छौं,’ उनले भने। 

स्वास्थ्यबाहेक नगरपालिकाले शिक्षा, विपद् व्यवस्थापन, पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ। नागरिकको जीवनरक्षा नगरपालिकाको पहिलो प्राथमिकता रहेको प्रवक्ता महर्जनको भनाइ छ।

उक्त नगरपालिकाले नीति, कार्यक्रम र बजेटमा राख्ने कार्यक्रम तथा योजनाबारे यसअघि नै वडा वडामा छलफल सम्पन्न गरिसकेको छ। 

सो नगरपालिकाले आव २०७८/७९ को नीति तथा कार्यक्रमबारे छलफल गर्न मङ्गलबार नगर कार्यपालिकाको बैठक आह्वान गरेको छ। यस्तै नगरपालिकाले यही असार १० गते नवौँ नगरसभा बोलाएको छ।

गत आर्थिक वर्षमा रु एक अर्ब ७२ करोडको बजेट ल्याएको सो नगरपालिकाले अहिले रु दुई अर्बभन्दा बढीको बजेट ल्याउने गरी नीति तथा कार्यक्रमलाई अगाडि बढाएको छ ।

प्रकाशित मिति: १३:२५ बजे, सोमबार, असार ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्