Kathmandu Press

कास्कीको अन्नपूर्णमा ‘एक कृषक एक दुहुनो गाई/भैंसी’ कार्यक्रम

कास्की, असार ७ : कास्कीको अन्नपूर्ण गाउँपालिकाले ‘एक कृषक एक दुहुनो गाई÷भैंसी’ कार्यक्रम अभियानका रूपमा सञ्चालन गर्ने भएको छ।गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९ को...
कास्कीको अन्नपूर्णमा ‘एक कृषक एक दुहुनो गाई/भैंसी’ कार्यक्रम

कास्की, असार ७ : कास्कीको अन्नपूर्ण गाउँपालिकाले ‘एक कृषक एक दुहुनो गाई÷भैंसी’ कार्यक्रम अभियानका रूपमा सञ्चालन गर्ने भएको छ।

गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रममा यसलाई अभियानका रूपमा सञ्चालन गरी दूधलाई आफ्नो दैनिक आयआर्जनको माध्यम बनाउने उल्लेख गरिएको छ।  

दूध उत्पादनमा सहकारिताको विकास गरी पशुपालक कृषक समूहलाई गोठ निर्माण तथा भकारो सुधार कार्यक्रमलाई निरन्तरताका साथ उत्पादनका आधारमा अनुदान उपलब्ध गराइने गाउँपालिका अध्यक्ष युवराज कँुवरले जानकारी दिए।

गाउँपालिकाअन्तर्गतका सहकारी संस्थालाई सबल रूपमा सञ्चालन गर्न पशु बिमा कार्यक्रम सञ्चालन गर्ने, बहुवर्षे भुइँ घाँस, पोसिलो हिउँदे घाँस, बहुवर्षे डालेघाँसका बिरुवा लगाउने तथा नर्सरी स्थापना गर्नेजस्ता कार्यक्रम सञ्चालन गरी दुग्ध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना एवं विस्तार गर्ने नीति लिइएको छ।     
    
व्यावसायिक पशुपालन, पशु बिमा, गोठ तथा भकारो सुधार उन्नत नश्लका गाई, भैंसी तथा बाच्छाबाच्छी, पाडापाडी हुर्काउने कृषकलाई प्रोत्साहन गर्ने, दूध र मासुको उत्पादन वृद्धि गर्न पार्कोटे र लिमे जस्ता रैथाने जातका भैंसीपालन कार्यक्रमलाई प्रथामिकता दिइने गाउँपालिकाले जनाएको छ।

पशुपंक्षीतर्फ कुखुरा, कालिज पालन व्यवसायलाई व्यवसायीकरण गरी एक निश्चित मापदण्डका आधारमा अण्डा र मासु उत्पादनमा आत्मनिर्भरताका साथ निर्यात गरी आयआर्जनमा वृद्धि गरिने उनले बताए।

प्रकाशित मिति: १३:१४ बजे, सोमबार, असार ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्