५७ लाख हिनामिना गरेको भन्दै शिक्षक महासंघविरुद्ध अख्तियारमा उजुरी
काठमाडौं, असार ७ : रकम हिनामिना गरेको भन्दै नेपाल शिक्षक महासंघविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।तनहुँँका शिक्षक रमेशबाबु भट्टराईले महासंघले लेबीबाट...
काठमाडौं, असार ७ : रकम हिनामिना गरेको भन्दै नेपाल शिक्षक महासंघविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
तनहुँँका शिक्षक रमेशबाबु भट्टराईले महासंघले लेबीबाट उठाएको ५७ लाख रुपैयाँ हिनामिना गरेको भन्दै आज (आइबार) अख्तियार र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छानबिनका लागि उजुरी दिएका हुन्।
उनले अनलाइन र प्रतिनिधिमार्फत भौतिक रुपमा निवेदन दिएको जनाइएको छ। शिक्षकबाट उठाएको लेबीबाट भ्रष्टाचार गर्नेलाई छानबिन गरी कानुनी दायरामा ल्याउनुपर्ने माग उनको उजुरीमा रहेको बताइएको छ।
स्थायी शिक्षक मञ्चका संयोजक समेत रहेका भट्टराईले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिअनुरुप उजुरी दिएको जनाइएको छ।
प्रकाशित मिति: १३:०२ बजे, सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











