Kathmandu Press

केही खुुकुलो बनाएर मकवानपुरमा एक साता निषेधाज्ञा थप

हेटौंडा, असार ७  : हेटौँडाका अधिकांश पसल बिहान र दिउँसो पालैपालोसँग चल्न पाउने गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज (सोमबार) बाट एक साता निषेधाज्ञा...
केही खुुकुलो बनाएर मकवानपुरमा एक साता निषेधाज्ञा थप

हेटौंडा, असार ७  : हेटौँडाका अधिकांश पसल बिहान र दिउँसो पालैपालोसँग चल्न पाउने गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज (सोमबार) बाट एक साता निषेधाज्ञा थप गरेको छ।

निषेधाज्ञालाई परिमार्जन गरेर सवारी साधन पनि जोरबिजोर गरेर सञ्चालन गर्न दिने निर्णय पनि गरिएको छ। 

बैठकले फलफूल, खाद्यान्न र तरकारी पसल बिहान ४ देखि मध्याह्न १२ बजेसम्म र हार्डवेयर, कपडा, जुत्ता र कस्मेटिक पसल मधयाह्न १२ देखि अपराह्न ४ बजेसम्म खुलाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

समय निर्धारण गरी पसल खुल्ने, गाडी चल्ने गरी फेरि पनि खुकुलो लकडाउन कायमै गरी निषेधाज्ञा थप गरिएको हो।  

प्रकाशित मिति: १२:५२ बजे, सोमबार, असार ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्