Kathmandu Press

अमेरिकाको अलाबामामा भएको दुर्घटनामा ९ बालबालिकासहित १० को मृत्यु

वासिङ्टन, असार ७ : अमेरिकाको अलाबामामा भएको सडक दुर्घटनामा परी १० जनाको मृत्यु भएको बताइएको छ।शनिबार अमेरिकाको अलाबामा राज्यमा भएको सडक दुर्घटनामा परी...
अमेरिकाको अलाबामामा भएको दुर्घटनामा ९ बालबालिकासहित १० को मृत्यु

वासिङ्टन, असार ७ : अमेरिकाको अलाबामामा भएको सडक दुर्घटनामा परी १० जनाको मृत्यु भएको बताइएको छ।

शनिबार अमेरिकाको अलाबामा राज्यमा भएको सडक दुर्घटनामा परी ती नागरिकको ज्यान गएको बताइएको छ। उक्त दुर्घटनामा परेर नौ जना बालबालिकाको ज्यान गएको छ। साथै अर्का एकजना वयस्क नागरिक पनि सो दुर्घटनामा परी मृत्यु भएको छ।

यहाँका अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार अलाबामाको बटलर काउन्टीमा दुर्घटनामा परेर ती बालबालिका मारिएका हुन्। सो दुर्घटनामा परी मृत्यु भएका ८ जना बालबालिका ४ देखि १७ वर्ष उमेरका थिए। एक भ्यानमा यात्रा गरिरहेका उनीहरुको भ्यान दुर्घटनामा परेको बताइएको छ । 

उनीहरुको दुर्घटनास्थलमै ज्यान गएको थियो । अर्को भ्यानमा रहेका एक २९ वर्षका युवक र उनकी नौ महिनाकी छोरीले पनि त्यही दुर्घटनामा परेर ज्यान गुमाएका यहाँको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

यो सडक दुर्घटना भएको र दुओटा भ्यान एक आपसमा जुधेका ती प्रहरी अधिकारीले जानाकारी गराएका छन्। दुर्घटनाको बारेमा अनुसन्धान थालिएको पनि ती प्रहरीले जानकारी दिएका छन्।

प्रकाशित मिति: १२:१० बजे, सोमबार, असार ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्