Kathmandu Press

सेफ्टी ट्याङ्की भत्किएर दुई युवकको मृत्यु

खाँदबारी, असार ७ : सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ सेकाहामा सेफ्टी ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको छ। सेफ्टी ट्याङ्की भत्किएर खाँदबारी–४ सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ...
सेफ्टी ट्याङ्की भत्किएर दुई युवकको मृत्यु

खाँदबारी, असार ७ : सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ सेकाहामा सेफ्टी ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको छ। 

सेफ्टी ट्याङ्की भत्किएर खाँदबारी–४ सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ र २५ वर्षीय ईश्वर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

सेफ्टी ट्याङ्की भत्किँदा उनीहरू घाइते भएका थिए। दुवै जनालाई स्थानीय बासिन्दाले उपचारका लागि जिल्ला अस्पताल ल्याएका थिए। 

दुवै जनाको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो। दुवै जना गम्भीर घाइते रहेको र उपचारका क्रममा साँझ साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविन राईले बताए।

प्रकाशित मिति: ०६:१५ बजे, सोमबार, असार ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्