Kathmandu Press

बेल्जियममा निर्माणाधीन विद्यालय भवन भत्किँदा पाँचको मृत्यु

काठमाडौं, असार ६ : बेल्जियममा निर्माणाधीन एक विद्यालयको भवन भत्किँदा पाँच आइतबार जनाको मृत्यु भएको छ ।आन्ट्वर्प शहरमा निर्माणाधिन विद्यालयको भवनको एक भाग...
बेल्जियममा निर्माणाधीन विद्यालय भवन भत्किँदा पाँचको मृत्यु
Hardik ivf

काठमाडौं, असार ६ : बेल्जियममा निर्माणाधीन एक विद्यालयको भवन भत्किँदा पाँच आइतबार जनाको मृत्यु भएको छ ।

आन्ट्वर्प शहरमा निर्माणाधिन विद्यालयको भवनको एक भाग क्षतिग्रस्त हुँदा त्यसमा कार्यरत मजदुरको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । दुर्घटनामा परेर घाइते भएका नौ जना मजदुरहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

आगामी सेप्टेम्बरमा नयाँ शैक्षिक सत्र सुरु हुनुअघि निर्माण भइरहेको सो भवन भत्किएर मजदुरको मृत्यु भएको हो । यता प्रशासनले भने घटनाबारे छानविन गरेर घाइतेको उपचार र मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्ने जनाएको छ ।
 

प्रकाशित मिति: २०:३३ बजे, आइतबार, असार ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्