Kathmandu Press

सामाजिक अभियन्ता दाबी गर्ने संग्रौलासहित ३ जना पक्राउ 

सामाजिक अभियन्ता दाबी गर्ने संग्रौलासहित ३ जना पक्राउ 

काठमाडौं, असार ६ : सामाजिक अभियन्ताका नाममा विभिन्न घटनामा विवादास्पद अभिव्यक्ति दिएकी ज्वाला संग्रौलालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त गौशालाभित्रै खुश्बु घिमिरेमाथि कुटपिट गरेको घटनाको अनुसन्धानका लागि संग्रौलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार संग्रौलासहित उनको समूहका हिमाल उपाध्याय र शर्मिला वाइबा पनि पक्राउ परेका छन्। खुश्बुको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

अघिल्लो महिना महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मणिकान्त झाथि रंगभेदी दूर्व्यवहार गरेको संग्रौलाको समूहलाई उक्त घटनाका विषयमा समेत छानविन हुने प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १९:३५ बजे, आइतबार, असार ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्