उपत्यकामा ५२८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असार ६ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।त्यसमध्ये काठमाडौंका ४५० जना, ललितपुरका...
काठमाडौं, असार ६ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
त्यसमध्ये काठमाडौंका ४५० जना, ललितपुरका ५३ जना र भक्तपुरका २५ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थप २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा ६६७७ जनामा पिसिआर परीक्षण गरिएकोमा १४२१ पोजेटिभ देखिएको थियो भने ४२४९ को एन्टिजेन परीक्षण गरिएकोमा १०२१ मा पोजेटिभ देखिएको थियो।
देशभर पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जना कोरोनाबाट निको भएका छन् भने ५१ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: १६:५४ बजे, आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











