Kathmandu Press

पशुपति क्षेत्र सम्पदा पुनर्निर्माण पारदर्शी होस् : संस्कृतिमन्त्री

काठमाडौं, असार ६ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले आफू व्यक्तिगत भ्रष्टाचारविरुद्धको आन्दोलनमा लागेर मन्त्री बन्न आइपुगेको बताउँदै पशुपति क्षेत्रभित्रका सम्पदा पुनःनिर्माण...
पशुपति क्षेत्र सम्पदा पुनर्निर्माण पारदर्शी होस् : संस्कृतिमन्त्री

काठमाडौं, असार ६ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले आफू व्यक्तिगत भ्रष्टाचारविरुद्धको आन्दोलनमा लागेर मन्त्री बन्न आइपुगेको बताउँदै पशुपति क्षेत्रभित्रका सम्पदा पुनःनिर्माण प्रक्रिया पनि पारदर्शी रूपमा सम्पनन भएको हेर्न चाहेको बताएका छन्।

पशुपति क्षेत्रभित्र निर्माण गर्न लागिएको राममन्दिरको शिलान्यास गर्ने क्रममा आज (आइतबार) उनले पशुपति क्षेत्रभित्रका पुनर्निर्माणका कामहरूलाई पारदर्शी बनाउन सम्बन्धित पक्षलाई निर्देशन दिए।

उनले आफु पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने उद्देश्य आफूले आत्मसात् गरेको बताउँदै मन्त्री अरगरिया कुनै पनि समयमा आएर हेर्नसक्ने बताए। भ्रष्टाचार हुन नदिन आफू निकै सजग भएर लागेको उनको भनाय थिथयो।

मन्दिर पुननिर्माण गर्दा पशुपति क्षेत्रका साधु, सन्तलाई विस्थापित नगराइने उनले बताए। निर्माणको काम सकिएलगत्तै उनीहरुको पुनस्र्थापना गरिने विश्वास उनले दिलाए। 

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्र ज्ञान र विज्ञानको सम्बन्धमा बहस गर्ने थलोको रुपमा विकास हुने विश्वास पनि व्यक्त गरे। पशुपति क्षेत्र विकास कोषले दाताहरुको सहयोगमा पशुपति क्षेत्रभित्र राममन्दिर बनाउन लागेको उनको भनाय थियो।

प्रकाशित मिति: १४:१७ बजे, आइतबार, असार ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्