बालिकाको शव फेला
बिराटनगर, माघ १३- विराटनगरबाट हराएकी एक बालिकाको शव फेला परेको छ।
शनिबार साँझ घरबाटै बेपत्ता भएकी विराटनगर–८, वलुवाहीकी ११ वर्षीया रुपमती दा....

बिराटनगर, माघ १३- विराटनगरबाट हराएकी एक बालिकाको शव फेला परेको छ।
शनिबार साँझ घरबाटै बेपत्ता भएकी विराटनगर–८, वलुवाहीकी ११ वर्षीया रुपमती दासको आज बिहान घर नजिकै खोलामा शव फेला परेको प्रहरीले जनाएको छ। आज बिहान ११ बजेसम्म पनि नफर्कदा उनका बुबा रामप्रसाद दास जिल्ला प्रहरी कार्यालय गएका थिए।
रामप्रसादले उजुरी दिन नपाउँदै छोरीको शव फेला परेको खबर आएकोे जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले बताए ।
घरदेखि करिब ५०० मिटर पर सिङ्गिया खोलामा पानीमा तैरिरहेको अवस्थामा भेटिएकी बालिकाको मुखबाट रगत बगेको केसीले बताए ।
हत्या कसले किन गरेको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।











