मेलम्चीका जनप्रतिनिधिद्वारा राहतकोषमा एक महिनाको तलब सहयोग
सिन्धुपाल्चोक, असार ६ : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ का जनप्रतिनिधिले एक महिनाको पारिश्रमिक नगरपालिकाको बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा जम्मा गर्ने निर्णय गरेका छन्। वडा समितिको...
सिन्धुपाल्चोक, असार ६ : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ का जनप्रतिनिधिले एक महिनाको पारिश्रमिक नगरपालिकाको बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा जम्मा गर्ने निर्णय गरेका छन्।
वडा समितिको बैठकले एक महिनाको तलब सहयोग गर्ने निर्णय गरेको वडाध्यक्ष कृष्णप्रसाद चौलागाईंले जानकारी दिए। कोषमा वडाध्यक्ष चौलागाईंले २६ हजार ७३० जम्मा गर्ने बताए।
त्यस्तै, कार्यपालिका सदस्य सावित्री कार्कीले १२ हजार ८७० तथा वडा सदस्यसरू भीमसेन खतिवडा, खम्बासिं तामाङ र शान्ति नेपालीले प्रतिव्यक्ति नौ हजार ९०० कोषमा जम्मा गर्न भएका छन्।
यही असार १ गते राति मेलम्ची र इन्द्रावती नदीमा आएको अकल्पनीय भीषण बाढीले मेलम्चीको वडा नं ६, ७, ८, ९, १० र ११ मा ठूलो धनजनको क्षति पु¥याएको छ।
प्रकाशित मिति: ०८:२१ बजे, आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











