आँधीखोला तर्दा बगेका युवक मृत भेटिए
स्याङ्जा, असार ६ : आँधीखोला तर्ने क्रममा बगेका एक युवक मृत भेटिएका छन्। पुतलीबजार नगरपालिका–४ राङ्कोषका टेकबहादुर थापा शनिबार मृत भेटिएका हुन्। प्रहरीको टोलीले उनलाई...
स्याङ्जा, असार ६ : आँधीखोला तर्ने क्रममा बगेका एक युवक मृत भेटिएका छन्।
पुतलीबजार नगरपालिका–४ राङ्कोषका टेकबहादुर थापा शनिबार मृत भेटिएका हुन्। प्रहरीको टोलीले उनलाई मृत भेटेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
आँधीखोला तरेर पारी जाने क्रममा बगाएको थियो। उनी बगेको खबर पाउने वितिक्कै प्रहरी टोली परिचालन भए्को थियो। तर, बगेको केही समयमै मृत भेटिएको प्रहरीले जनाएको छ।
उनको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ।
प्रकाशित मिति: ०७:५६ बजे, आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











