Kathmandu Press

दैलेखका सय घरधुरीलाई सारियो सुरक्षित स्थानमा

दैलेख, असार ६ : लगातारको वर्षाका कारण पहिरोको जोखिममा रहेको पश्चिम दैलेखको आठबीस नगरपालिका–९, छेपाडी गाउँका ४० र कर्णाली नदी आसपासमा ६० घरपरिवारलाई सुरक्षित...
दैलेखका सय घरधुरीलाई सारियो सुरक्षित स्थानमा

दैलेख, असार ६ : लगातारको वर्षाका कारण पहिरोको जोखिममा रहेको पश्चिम दैलेखको आठबीस नगरपालिका–९, छेपाडी गाउँका ४० र कर्णाली नदी आसपासमा ६० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । 

भिरालो बस्तीमा माथिबाट जुन सुकैबेला पहाडको पहिरो झर्न सक्ने र पहिरोले बस्ती नै पुरिनसक्ने देखिएपछि ती परिवारलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालय, दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए। 

नगरपालिका र प्रहरीको सक्रियतामा जोखिम रहेका बस्तीमा बसोबास गर्ने त्यहाँका परिवारहरु अब जोखिममुक्त भएका छन्।  प्रहरीको यो कार्यले आफूहरु निकै खुशी भएको स्थानीबासीले बताएका छन्। 

त्यस्तै, कर्णाली राजमार्गको दैलेख खण्डका विभिन्न ठाउँमा गएको परिरोबाट एक हप्तादेखि अवरुद्ध  कर्णाली राजमार्ग अझै खुल्न सकेको छैन। दैलेखका सियाला , किटुभीर, दहिखोला, घट्टेखोलालगायतका ठाँउमा पहिरो झरेर सडक पुरिएको र पहिरो नहटाइँदा  राजमार्ग चल्न सकेको छैन।  

राजमार्ग अवरुद्ध हुँदा सुर्खेतदेखि खाद्यान्न लिएर गएका र यात्रुबहाक सवारी साधन र  जुम्ला कालिकोटबाट सुर्खेत फिर्ता हुने क्रममा हिँडेका सवारीसाधन बाटोमै थुनिएका छन्।

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले एक ठाउँमा पहिरो बनाउँदा अर्को ठाउँमा जाने भएकाले कठिनाइ आएको बताए। 

प्रकाशित मिति: ०७:२५ बजे, आइतबार, असार ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्