Kathmandu Press

‘आप्पा’ प्रिमियरमा क्लासिक लुकमा वर्षा

काठमाडौं, असार १३ : अभिनेत्री वर्षा रावतले एक दर्जन फिल्म खेल्दासम्म विवाद कस्तो हुन्छ थाहा थिएन। जब अष्ट्रेलियामा ‘जात्रै जात्रा’को शोमा ....

‘आप्पा’ प्रिमियरमा क्लासिक लुकमा वर्षा

काठमाडौं, असार १३ : अभिनेत्री वर्षा रावतले एक दर्जन फिल्म खेल्दासम्म विवाद कस्तो हुन्छ थाहा थिएन। जब अष्ट्रेलियामा ‘जात्रै जात्रा’को शोमा पुगिन्, त्यसले विवादित बनायो।

क्लिभेज देखिने कालो र सेतो लामो पहिरनले उनलाई विवादमा मात्रै ल्याएन, तनाव पनि दियो। विशेष गरेर सामाजिक सञ्जालमा पक्ष र विपक्षमा विवाद मच्चियो।

जसले गर्दा केहि दिन तनाव झेल्नु परेको उनले बताइन्।

सायद यहि कारण होला, बिहीबार ‘आप्पा’को प्रिमियर शोमा भने फरक पहिरनमा देखिइन्। उनी क्लासिक लुकमा थिइन्।

सेतो र रातो कुर्तामा नयाँ छोटो रिहाना हेयरस्टाइलमा सुन्दर देखिएकी थिइन्।

उनी प्रिमियर इभेन्टमा मोडल एलिसा राईसगँ आएकी थिइन्।

प्रकाशित मिति: १४:१२ बजे, शुक्रबार, असार १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्