Kathmandu Press

निषेधाज्ञाबीच बेहुला बेहुली मोटरसाइकलमा

संखुवासभा, असार ६ : संखुवासभाको खाँदबारी नगरपालिका–८ का सन्तोष श्रेष्ठले निषेधाज्ञाबीच बेहुलीलाई आफैले मोटरसाइकलमा चढाएर  घरमा भित्र्याएका छन्। धर्मदेवीको आँखीभूईँबाट ती बेहुला–बेहुली मोटरसाइकलमा खाँदबारी फर्किएका...
निषेधाज्ञाबीच बेहुला बेहुली मोटरसाइकलमा

संखुवासभा, असार ६ : संखुवासभाको खाँदबारी नगरपालिका–८ का सन्तोष श्रेष्ठले निषेधाज्ञाबीच बेहुलीलाई आफैले मोटरसाइकलमा चढाएर  घरमा भित्र्याएका छन्। 

धर्मदेवीको आँखीभूईँबाट ती बेहुला–बेहुली मोटरसाइकलमा खाँदबारी फर्किएका हुन्। खाँदबारीका सन्तोष र धर्मदेवी नगरपालिका–७ की चन्द्रिका श्रेष्ठबीच विवाह भएको हो। 

विवाहमा अन्य कुनै तडकभडक देखिएन। कोभिड–१९ का कारण १५ जनाभन्दा बढी उपस्थित हुन जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले रोक लगाएको छ। (रासस) 

प्रकाशित मिति: ०६:५५ बजे, आइतबार, असार ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्