Kathmandu Press

खेल क्षेत्रको विकासका आवश्यक सुझाव पाऊँ : खेलकुदमन्त्री

काठमाडौं, असार ५ : युवा तथा खेलकुदमन्त्री एकवाल मियाँले खेल क्षेत्रको विकासका आवश्यक सुझाव दिन लागि खेल क्षेत्रका व्यक्तित्वसँग अनुरोध गरेका छन्।ओलम्पिकि डेका अवसरमा...
खेल क्षेत्रको विकासका आवश्यक सुझाव पाऊँ : खेलकुदमन्त्री

काठमाडौं, असार ५ : युवा तथा खेलकुदमन्त्री एकवाल मियाँले खेल क्षेत्रको विकासका आवश्यक सुझाव दिन लागि खेल क्षेत्रका व्यक्तित्वसँग अनुरोध गरेका छन्।

ओलम्पिकि डेका अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले आफ्नो ध्यान खेलकुद क्षेत्रमा राम्रो योजना र रणनीति बनाउनृतर्फ  रहेको उल्लेख गर्दै त्यसका निम्ति खेल क्षेत्रका व्यक्तिहरूको सुझाव र सहयोग आवश्यक रहेको उनले बताए।

उनले राष्ट्रिय खेलकुद परिषद्को नियमावली छिट्टै बन्ने र त्यसका लागि टिम बनाइहाल्ने विश्वास उनले दिलाए।

‘मन्त्रालयलाई कसरी सहकार्य गरेर राम्रो रणनीति बनाएर कसरी अगाडि बढाउन सकिन्छ भन्ने मेरो ध्यान छ । खेल क्षेत्रको विकासका लागि राय, सल्लाह, सुझाव दिनुस्,’ उनले भने, ‘राष्ट्रिय खेलकुद परिषद्को ऐन आइसकेको छ।’

उनले थपे, अब नियमावली पनि बनाउने म चाँडै टिम तयार पार्दैछु। कानुन विज्ञ, खेलका विज्ञहरूलाई ड्राफ्ट उपलब्ध गराउँछु । त्यसमा के थपेर जाँदा हुन्छ छलफल गरौँ । अझ राम्रो कसरी गर्न सकिन्छ, त्यसमा राय–सुझाव पाऊँ।’

प्रकाशित मिति: १६:२४ बजे, शनिबार, असार ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्