चिनियाँ नागरिकलाई रुस प्रवेश अनुमति दिने तयारी
मस्को, असार ५ : महामारीका कारण करिब १६ महिनापहिले चिनियाँ नागरिकहरूलाई रुस प्रवेशमा लगाइएको प्रतिबन्धलाई खुला गर्ने तयारी भइरहेको मस्कोले जनाएको छ। रुसका उपप्रधानमन्त्री...
मस्को, असार ५ : महामारीका कारण करिब १६ महिनापहिले चिनियाँ नागरिकहरूलाई रुस प्रवेशमा लगाइएको प्रतिबन्धलाई खुला गर्ने तयारी भइरहेको मस्कोले जनाएको छ।
रुसका उपप्रधानमन्त्री तात्याना गोलिकोभाले रुस प्रवेश गर्न दिने देशहरुको सूचीमा चीनलाई पनि राख्न लागिएको शनिबार जानकारी दिए। रुसले गत सन् २०२० को फेब्रअरीदेखि विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा निषेध गरेको थियो।
विभिन्न देशका नागरिकलाई रुस प्रवेश गर्न दिने निर्णय केही दिनमै गरेर सरकारले सार्वजनिक गर्नेसमेत उपप्रधानमन्त्री गोलिकोभाले जानकारी दिए।
कतिपय देशहरुमा कोरोना भाइरसको महामारी कम हुँदै गएको र रुसमा पनि खतरा न्यून हुँदै गएकाले विभिन्न देशहका नागरिकलाई आवतजावत गर्न दिने तयारी भएको हो ।
सुरुमा केही देशहरुका नागरिकलाई प्रवेश खुला गर्ने र त्यस्ता देशहरुको संख्या बढाउदै लगिने पनि उनले बताए।
प्रकाशित मिति: १५:२६ बजे, शनिबार, असार ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












