Kathmandu Press

भारतीय दूतावासले दियो नेपाल माउन्टेनियरिङलाई एम्बुलेन्स

काठमाडौं, असार ५ : नेपालका लागि भारतीय दूतावासले नेपाल माउन्टेनियरिङ एसोसिएसन (एनएमए) लाई एउटा एम्बुलेन्स प्रदान गरेको छ।दुवै देशमा पर्वतारोही नायकहरूबीचको सुमधुर सम्बन्ध रहेको...
भारतीय दूतावासले दियो नेपाल माउन्टेनियरिङलाई एम्बुलेन्स

काठमाडौं, असार ५ : नेपालका लागि भारतीय दूतावासले नेपाल माउन्टेनियरिङ एसोसिएसन (एनएमए) लाई एउटा एम्बुलेन्स प्रदान गरेको छ।

दुवै देशमा पर्वतारोही नायकहरूबीचको सुमधुर सम्बन्ध रहेको संकेतस्वरूप उक्त एम्बुलेन्स प्रदान गरिएको दूतावासले जनाएको छ।

भारतीय सेना एभरेस्टका कर्णेलथापाको नेतृत्वको टोलीले आज (शनिबार) लैनचौरस्थित दूतावासमै एक संक्षिप्त कार्यक्रमबीच उक्त एम्बुलेन्र्स एनएमएलाई हस्तान्तरण गरेको हो।

एनएमएका अध्यक्ष सन्तवीर लामाले उक्त एम्बुलेन्सको साँचो ग्रहण गरेका थिए।

प्रकाशित मिति: १५:१४ बजे, शनिबार, असार ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्