Kathmandu Press

दक्षिणी पेरूमा बस दुर्घटना हुँदा २७ जनाको मृत्यु

पेरु, असार ५ : दक्षिण अमेरिकी मुलुक पेरूको अयाकुचोमा शुक्रवार एउटा बस दुर्घटना हुँदा कम्तीमा २७ व्यक्तिको मृत्यु भएको छ। उक्त घटनामा कैयौँ व्यक्ति...
दक्षिणी पेरूमा बस दुर्घटना हुँदा २७ जनाको मृत्यु

पेरु, असार ५ : दक्षिण अमेरिकी मुलुक पेरूको अयाकुचोमा शुक्रवार एउटा बस दुर्घटना हुँदा कम्तीमा २७ व्यक्तिको मृत्यु भएको छ। उक्त घटनामा कैयौँ व्यक्ति घाइते भएका छन्। 

प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई दिएको प्रारम्भिक जानकारी अनुसार स्थानीय समय बिहान ३ः०० अयाकुचो क्षेत्रबाट अरेक्वीपातर्फ जाँदै गरेको बस अनियन्त्रित भई सडकदेखि करिब २५० मिटर तल खोलामा खसेको थियो।

Hardik ivf

राजधानी लिमाबाट ६०० किलोमिटर दक्षिणपूर्वमा अवस्थित दुर्घटना स्थलको प्रारम्भिक रिपोर्ट अनुसार वारी पालोमिनो कम्पनी बसमा अधिकांश खानीमा काम गर्ने श्रमिक र उनीहरूका परिवार रहेका प्रहरीले बताएको छ । 

दुर्घटना भएको सूचनापछि लगत्तै उद्धार टोली, दमकलकर्मी र प्रहरी अधिकारीहरू घटनास्थलमा ग्र्य घाइतेहरूलाई उद्धार गरी नजिकैको नास्काको अस्पताल लगिएको छ।

पेरुको प्रहरीले दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको जनाएको छ। 
 

प्रकाशित मिति: १४:५७ बजे, शनिबार, असार ५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्