Kathmandu Press

रोङसी खुलाउन चिनियाँ टोली प्रयासरत, तामाकोसी बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह

दोलखा, असार ५  : तामाकोसी नदीको सहायक रोङ्सी खोला शुक्रबार रातिको ठूलो पहिरोले थुनिएको छ। चीनको तिङ्ग्री काउन्टीनजिकै लामो समय खोला थुनिँदा त्यहाँ...
रोङसी खुलाउन चिनियाँ टोली प्रयासरत, तामाकोसी बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह

दोलखा, असार ५  : तामाकोसी नदीको सहायक रोङ्सी खोला शुक्रबार रातिको ठूलो पहिरोले थुनिएको छ। चीनको तिङ्ग्री काउन्टीनजिकै लामो समय खोला थुनिँदा त्यहाँ धेरै ठूलो ताल नै बनेको छ। खोला पहिरो थुप्रिएको सतहसम्म भरिएर बग्नसमेत थालेको बताइएको छ।‘

उक्त नदी खुलाउन खुलाउन चिनियाँ टोली खटिएको जनाइएको छ।  दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार ताल बनेर बसेको रोङ्सीलाई खुलाउन चिनियाँ प्राविधिक टोली शनिबार बिहानदेखि परिचालित भएको छ। थुनिएको खोला खुलाउने प्रयास भइरहेको उनको भनाइ छ।

खोला थुनिएको जानकारी पाए लगत्तै शुक्रबार राति पौन १० बजे जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै नेपाल–चीन सीमा क्षेत्रमा रहेको तिङ्ग्री काउन्टीको रोङ्जयिा सहरमा पहिरोका कारण नदीको प्रवाह रोकिएको र त्यो पहिरो फुटेपछि तामाकोसी नदीमा जुनसुकै बेला पानीको मात्रा बढेर बाढी आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको थियो।

सूचनामा नेपाल–चीन सीमा नजिकको बस्तीलगायत तामाकोसी नदीको तटीय क्षेत्रमा जोखिम सिर्जना हुन सक्ने सम्भावना देखिएको भन्दे सो क्षेत्रमा बसोबास गर्ने सबैलाई सतर्क र सजग रहन एवं कुनै खतराको संकेत प्राप्त हुँदा साथ सुरक्षित स्थानतर्फ जान हुन र स्थानीय तहका पदाधिकारी र नजिकको सुरक्षा निकायमा तुरुन्त जानकारी समेत गराउन अनुरोध गरिएको छ।

प्रजिअ घिमिरेका अनुसार सो खोला सामान्य अवस्थामा आउन समय लाग्ने भएकाले जोखिम कायमै रहेको देखिन्छ। उक्त खोला खोलिँदा ठूलो बाढी आउन सक्ने भन्दै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशयबाट पानी छाडिएको बताइएको छ।

प्रकाशित मिति: १४:४४ बजे, शनिबार, असार ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्