Kathmandu Press

भारतमा एकैदिनमा ६० हजारमा कोरोना संक्रमण दैनिक संक्रमितको सङ्ख्या घट्दो

नयाँ दिल्ली, असार ५ : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी हुदै आएको छ ।पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितको सङ्ख्यामा निरन्तर कमी हुँदै आएको...
भारतमा एकैदिनमा ६० हजारमा कोरोना संक्रमण दैनिक संक्रमितको सङ्ख्या घट्दो

नयाँ दिल्ली, असार ५ : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी हुदै आएको छ ।

पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितको सङ्ख्यामा निरन्तर कमी हुँदै आएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । 

Hardik ivf

मन्त्रालयका अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६० हजार ७५३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।   

पछिल्ला तथ्याङ्कलाई हेर्दा दैनिक सङ्क्रमितको सङ्ख्यामा २।९८ प्रतिशतको दरले कमी हुदै आएको मन्त्रालयले शनिबार जनाएको छ।

भारतमा पछिल्लो २४ घण्टामा एक हजार ६४७ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको देखिएको छ । 

त्यसैगरी सोही अवधिमा कुल ९७ हजार ७४३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

भारतमा अहिलेसम्म कुल दुई करोड ९८ लाख २३ हजार ५४६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ती मध्ये सात लाख ६० हजार १९ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेको पाइएको छ । 

कोरोनाभाइरसलाई जितेर सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या भने दुई करोड ८६ लाख ७८ हजार ३९० रहेको छ । 
 

प्रकाशित मिति: १३:३९ बजे, शनिबार, असार ५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्