Kathmandu Press

इँटा भट्टाको खाल्डोमा भेटियो बालकको शव

भक्तपुर, असार ५ : भक्तपुरको इँटा भट्टाको खाल्डोमा एक जना बालकको शव भेटिएको छ । चाँगुनारायण नगरपालिका ९, ताथलीमा राजु मछेका छोरा १० वर्षका...
इँटा भट्टाको खाल्डोमा भेटियो बालकको शव

भक्तपुर, असार ५ : भक्तपुरको इँटा भट्टाको खाल्डोमा एक जना बालकको शव भेटिएको छ । चाँगुनारायण नगरपालिका ९, ताथलीमा राजु मछेका छोरा १० वर्षका रोजनको शव इँटा भट्टाको खाल्डोमा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दएिको छ । 

शुक्रबार  अन्दाजी ११ः०० बजे बालक हराएको जानकारी प्रहरीलाई प्राप्त भएको थियो। 

खोजतलास गर्दै जाँदा शनिबार मृतक बालकको घरको नजिकै रहेको सेतो बि.एम इँटा भट्टाको कम्पाउन्डमा रहेको खाल्डोमा पानी जमेको पोखरीमा उनको शव भेटिएको परिसरका डीएसपी दिपक गिरीले बताए । 

उक्त स्थानमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी निरिक्षक सूर्य बहादुर शाहीको कमाण्डको अनुसन्धान अधिकृतको टोली खटीइ घटनास्थल तथा शव जाँच मुचुल्काको कार्य गरिएको छ। 

शवलाई पोष्टमार्टमका लागी केएमसी अस्पताल दुवाकोट भक्तपुर पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: ११:४४ बजे, शनिबार, असार ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्