Kathmandu Press

संयुक्त राष्ट्रसंघको महासचिवमा पुनः गुटेरस

काठमाडौं, असार ५ : संयुक्त राष्ट्रसंघको महासचिवमा पुनः एन्टोनियो गुर्टेरस् मनोनयन भएका छन्। शुक्रबार गुर्टेरस् पाँच वर्षको लागि दोस्रो पटक महासचिव बनेका हुन्। सुरक्षा परिषदको...
संयुक्त राष्ट्रसंघको महासचिवमा पुनः गुटेरस

काठमाडौं, असार ५ : संयुक्त राष्ट्रसंघको महासचिवमा पुनः एन्टोनियो गुटेरस चयन भएका छन्।

शुक्रबार गुटेरस पाँच वर्षको लागि दोस्रो पटक महासचिव बनेका हुन्। सुरक्षा परिषदको सिफारिसमा महासभाद्वारा पाँच वर्षको लागि महासचिव चयन गरिन्छ।

Hardik ivf

महासभाले सुरक्षा परिषदको सिफारिसलाई स्वीकृत गर्दै उनलाई दोस्रो पटक महासचिव चयन गरेको हो। 

पोर्चुगलका गुर्टेरसले १ जनवरी २०१७ देखि महासचिव रहँदै आएका छन्। उनको कार्यकाल ३१ डिसेम्बर २०२२ मा सकिदै छ। त्यस अगावै उनी दोस्रो कार्यकालको लागि चयन भएका हुन्।

उनको दोस्रो कार्यकाल भने आगामी जनावरी १ बाट सुरु हुनेछ। दोस्रो कार्याकालका लागि मनोनयन भएपछि गुर्टेरसले ट्विट गर्दै सबैलाई धन्यवाद दिएका छन्। 


 

 

प्रकाशित मिति: ०८:३८ बजे, शनिबार, असार ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्