Kathmandu Press

आज पनि देशभर वर्षा हुने सम्भावना

काठमाडौं, असार ५ : आज पनि मनसुनी वायुको प्रभाव र देशको पश्चिमी भू–भाग नजिक मनसुनी न्युन चापीय रेखाका कारण देशभर वर्षा हुने सम्भावना रहेको...
आज पनि देशभर वर्षा हुने सम्भावना

काठमाडौं, असार ५ : आज पनि मनसुनी वायुको प्रभाव र देशको पश्चिमी भू-भाग नजिक मनसुनी न्युन चापीय रेखाका कारण देशभर वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बाग्मती‚ गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भीषण वर्षा हुने सम्भावना रहेको छ। वर्षाका कारण पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Hardik ivf

आज बिहान देशभरको मौसम बदली रही प्रदेश १ र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै‚ आज राति पनि देशभर नै मौसम बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बाग्मती‚ गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 
 

प्रकाशित मिति: ०७:४० बजे, शनिबार, असार ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्