Kathmandu Press

मेलम्ची र हेलम्बुलाई आर्थिक सहयोग

सिन्धुपाल्चोक, असार ५ : सिन्धुलीको मरिण गाउँपालिकाले बाढी पहिरोबाट क्षति पुगेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग प्रदान गरेका छन्।शुक्रबार मेलम्ची नगरपालिका...
मेलम्ची र हेलम्बुलाई आर्थिक सहयोग

सिन्धुपाल्चोक, असार ५ : सिन्धुलीको मरिण गाउँपालिकाले बाढी पहिरोबाट क्षति पुगेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग प्रदान गरेका छन्।

शुक्रबार मेलम्ची नगरपालिका पुगेका मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले नगरप्रमुख डम्बरबहादुर अर्याललाई एक लाख ५० हजारको चेक प्रदान गरेका छन्।

प्राकृतिक विपत्तिबाट क्षति व्योहोरेको हेलम्बु गाउँपालिकालाई पनि एक लाख ५० हजारको चेक प्रदान गरेको अध्यक्ष बम्जनले जानकारी दिए।

साथै उद्योग वाणिज्य संघ मरिण शाखाले पनि मेलम्चीलाई ५१ हजार र हेलम्बुलाई ५१ हजार रुपैया आर्थिक सहायेग प्रदान गरेको शाखा अध्यक्ष चिनध्वज बम्जनले जानकारी दिए।

प्रकाशित मिति: ०७:१३ बजे, शनिबार, असार ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्