गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु
काठमाडौं, असार ४ : गण्डकी प्रदेशमा गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा विनोदबिन्दु शर्माका...काठमाडौं, असार ४ : गण्डकी प्रदेशमा गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा विनोदबिन्दु शर्माका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ११ जनाको मृत्यु भएको हो। कास्कीमा ४, म्याग्दी ३, बाग्लुङ १, तनहुँ १, गोरखामा १ र नवलपुरमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको उनले जानकारी दिए।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८७६ पुगेको छ। सोही अवधिमा १ हजार १२४ जनाको नमुना परीक्षण गराउँदा थप १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५१ हजार ९५२ पुगेको छ। प्रदेशमा पछिल्लो २४ घण्टामा ५१३ जना जना कोरोना संक्रमणमुक्त भएका छन्।
प्रकाशित मिति: २०:२९ बजे, शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१