सर्पले डसेर दाङमा बालिकाको मृत्यु
दाङ, असार ४ : दाङको देउखुरीमा सर्पको डसाइबाट एक बालिकाको मृत्यु भएको छ।मृत्यु हुनेमा गढवा गाउँपालिका-७ विजयपुरका चेतबहादुर बोहोराकी १२ वर्षीया छोरी रेश्मा...
दाङ, असार ४ : दाङको देउखुरीमा सर्पको डसाइबाट एक बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा गढवा गाउँपालिका-७ विजयपुरका चेतबहादुर बोहोराकी १२ वर्षीया छोरी रेश्मा बोहोरा छिन्।
आज (शुक्रबार) बिहान करिब साढे ७ बजे गोठमा पराल लिन गएका बेला गोमन सर्पले बालिकालाई डसेपछि गढवास्थित सर्पदंश उपचार केन्द्रमा उपचारार्थ भर्ना गरिएको थियो।
तर सो केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि लमहीस्थित अस्पतालमा ल्याइएलगत्तै चिकित्सकले मृत घोषणा गरेको बालिकाकी आमा सरिताले जानकारी दिइन्।
प्रकाशित मिति: १७:५१ बजे, शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)