Kathmandu Press

खोलाले बगाएका चोलानाथ अधिकारी मृत भेटिए

खोलाले बगाएका चोलानाथ अधिकारी मृत भेटिए

अर्घाखाँची, असार ४ : खोलाले बगाएर बेपत्ता भएका सन्धिखर्क नगरपालिका–५ का ६७ वर्षीय चोलानाथ अधिकारी मृतावस्था भेटिएका छन्।

अधिकारीको शव रिङ्गदीस्थित बलेवाको बाँसमा अड्किएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुजनविक्रम शाहले  जानकारी दिए।
    
बुधबार दिउँसो मथुरा खोलाले बगाएर बेपत्ता भएका अधिकारीको शव बिहीबार फेला परेको थियो। शव परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७:४७ बजे, शुक्रबार, असार ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्