उपत्यकामा ५०८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार ३ : काठमाडौं उपत्यकामा ५ सय ८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
संक्रमितमध्ये काठमाडौंमा ३९४ जना, ललितपुरमा ६० जना र भक्तपुरमा ५४ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट ४४ जनाको मृत्यु भएको छ भने २७६८ जना संक्रमित थपिएका छन् ।
प्रकाशित मिति: १७:२३ बजे, शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











