Kathmandu Press

नौ दिनको उपचारपछि सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

काठमाडौं, असार ४ : वाङमय शताब्दी पुरूष डा. सत्‍यमोहन जोशी नौ दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।श्वास प्रश्वासमा समस्या, छातीको संक्रमण, मुटुको चालमा...
नौ दिनको उपचारपछि सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

काठमाडौं, असार ४ : वाङमय शताब्दी पुरूष डा. सत्‍यमोहन जोशी नौ दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

श्वास प्रश्वासमा समस्या, छातीको संक्रमण, मुटुको चालमा गडबडीसँगै रक्तचापमा कमी देखिएपछि जेठ २६ गते उनलाई ललितपुरको किस्ट शिक्षण अस्पतालमा  भर्ना गरिएको थियो।

अस्पतालले आज (शुक्रबार) एक प्रेस विज्ञप्ति निकालेर जोशीको स्वास्थ्य अवस्था सामान्‍य रहेकाले चिकित्सकको सल्लाहमा डिस्चार्ज गरिएको जनाएको छ।

अस्पतालद्वारा जारी विज्ञप्तिअनुसार डा. जोशी स्वास्थ्यमा सुधार भई हिँड्‌डुल गर्न सक्‍ने भएका छन्। अस्पतालको बसाइमा उनको खानपिन सामान्‍य नै रहेको बताइएो छ।

‘पल्मोनोलोजी कार्डिक तथा जेरियट्रिक फिजिसियनबाट समेत उहाँको अवस्था सुधारात्मक रहेको जानकारी भएकाले चिकित्सकको सल्लाहबमोजिम उहाँलाई शुक्रबार डिस्चार्ज गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

उपचारका क्रममा कोरोना संक्रमणको आशंका गरिए पनि उनको रिपोर्ट नेगेटिभ नै आएको तर निमोनिय भने देखिएको अस्पतालको भनाइ छ। किस्ट अस्पतालले वाङमय शताब्दी पुरूष जोशीको सम्मानमा निःशुल्क उपचार गर्दै आएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: १६:०२ बजे, शुक्रबार, असार ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्