Kathmandu Press

श्रीमानको मृत्युपछि अस्पतालमै श्रीमतीले गरिन् आत्महत्या

श्रीमानको मृत्युपछि अस्पतालमै श्रीमतीले गरिन् आत्महत्या

काठमाडौं, असार ४ : नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर ललितपुरमा उपचाररत बिरामीको मृत्युपछि उनकी पत्नीले अस्पतालमै आत्महत्या गरेकी छन्।

ललितपुरकी प्रहरी उपरीक्षक किरण बज्रचार्यका अनुसार म्याग्दीको मालिका गाउँपालिका–५ का ४५ वर्षीय पुरुषको मृत्युपछि कुरुवा बसेकी उनकी पत्नीले अस्पतालमै आत्महत्या गरेकी हुन् । 

Hardik ivf

क्यान्सरबाट पीडित श्रीमानलाई किमोथेरापी गराउन उनले केही दिन अगाडि काठमाडौं ल्याएको बताइएको छ ।  उपचारको क्रममा बिहीबार राति श्रीमानको मृत्यु भएपछि अस्पतालकै बाथरुमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा उनको शव शुक्रबार बिहान फेला परेको प्रहरीले जनाएको छ । 

ती पुरुषलाई गत जेठ १९ गते पोखरास्थित मणिपाल अस्पतालले काठमाडौं रिफर गरेको थियो। 

श्रीमानको राति नै मृत्यु भएको र त्यसपछि उनले आत्महत्या गरेको अस्पतालको भनाइ छ । शुक्रबार बिहान बाथरुम नखुलेपछि अस्पतालका कर्मचारीहरुले प्रहरीलाई खबर गरेका थिए।

प्रकाशित मिति: १५:१८ बजे, शुक्रबार, असार ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्