Kathmandu Press

कञ्चनपुरबाट भारत निकासी गर्न लागिएको २५ लाख बराबरको अबैध केराउ बरामद

कञ्चनपुरबाट भारत निकासी गर्न लागिएको २५ लाख बराबरको अबैध केराउ बरामद

कञ्चनपुर, असार ४ : बेलौरीबाट भारत निकासी गर्न लागिएको ठूलो परिमाणको केराउ कञ्चनपुर प्रहरीले बरामद गरेको छ।

प्रहरीका अनुसार बेलौरी नगरपालिका–२ स्थित भारतीय सीमा नजिकबाट बिहीबार दुई वटा टिपरसहित २५ लाख ९० हजार रूपैयाँ बराबरको केराउ बरामद भएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सु.प.प्र. ०१–००२ त ४७०९ र से१त ५४६५ नम्बरको टिपरबाट केराउ बरामद गरेको कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए।

ती ट्याक्टर बेवारिसे अवस्थामा भेटिएका थिए। प्रहरीका अनुसार केराउ कसले निकासी गर्न लागेको थियो भन्नेबारे अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: १५:०१ बजे, शुक्रबार, असार ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्