Kathmandu Press

स्विस बैंकमा भारतीय नागरिकको पुँजी २० हजार करोड नाघ्यो

१३ वर्षयताकै सर्वाधिक अंक पार गर्दै स्विस बैंकमा भारतीय नागरिकहरूको पुँजी २० हजार करोड भारतीय रुपैयाँ पार गरेको छ।
स्विस बैंकमा भारतीय नागरिकको पुँजी २० हजार करोड नाघ्यो

नयाँदिल्ली, असार ४ : १३ वर्षयताकै सर्वाधिक अंक पार गर्दै स्विस बैंकमा भारतीय नागरिकहरूको पुँजी २० हजार करोड भारतीय रुपैयाँ पार गरेको छ ।

स्विस बैंकमा भारतीय नागरि र फर्महरूले सन् २०२० मा ठूलो परिमाणमा रकम जम्मा गरेका छन् । यस्तो रकम भारतस्थित स्विस बैंकका शाखाहरू र वित्तीय संस्थाहरूबाट पनि पठाइएको छ ।

Hardik ivf

स्विजरल्यान्डको केन्द्रीय बैंकले बिहीबार आफ्नो वार्षिक तथ्यांक सार्वजनिक गरेको हो । सरकारी समाचार एजेन्सी पीटीआईले कुल २० हजार सात सय करोड भारतीय रुपैयाँ स्विस बैंकमा जम्मा भएको देखिएको उल्लेख गरेको छ ।

सन् २०१९ मा स्विस बैंकहरूमा भारतीय नागरिकले ६ हजार ६ सय २५ करोड भारु जम्मा गरेका थिए ।
 

प्रकाशित मिति: १२:४८ बजे, शुक्रबार, असार ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्