पूर्वसांसद एवं कांग्रेस नेता कृष्णसिंह परियारको निधन
काठमाडौं, असार ४ : पूर्वसांसद एवं कांग्रेस नेता कृष्णसिंह परियारको ७५ वर्षको उमेरमा निधन भएको छ।आज (शुक्रबार) बिहान बाँकेको नेपालगन्जस्थित निवासमै उनको निधन...
काठमाडौं, असार ४ : पूर्वसांसद एवं कांग्रेस नेता कृष्णसिंह परियारको ७५ वर्षको उमेरमा निधन भएको छ।
आज (शुक्रबार) बिहान बाँकेको नेपालगन्जस्थित निवासमै उनको निधन भएको निधन भएको हो। उनी मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित थिए।
उनी २०४८ सालको संसदीय निर्वाचनमा बाँके-३ बाट निर्वाचित भएका थिए।
नेता परियार दलित समुदायका पहिलो सांसदसमेत हुन्। उनले तत्कालीन संसदमा राज्य ब्यवस्था समितिको सभापतिको जिम्मेवारीसमेत वहन गरेका थिए।
उनको शव अन्तिम श्रद्धाञ्जलीका लागि शुक्रबार बाँके कांग्रेसको कार्यालयमा राखिने जनाइएको छ।
निष्ठावान नेताका रूपमा परिचित परियारले प्रतिबन्धितकालमा बाँके कांग्रेसमा सचिव भएर काम गरेका थिए।
प्रकाशित मिति: १२:१९ बजे, शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











