Kathmandu Press

महाकालीको सतह बढेसँगै सतर्कता अपनाउन आग्रह

महाकालीको सतह बढेसँगै सतर्कता अपनाउन आग्रह

दार्चुला, असार ४ : लगातारको वर्षाका कारण महाकाली नदीको सतह बढेसँगै जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले सजकता अपनाउन आग्रह गरेको छ।

आज (शुक्रबार) बिहान महाकाली नदीको बहाव पाँच मिटर ८० सेन्टिमिटर पुगेको छ। प्रहरी चौकी दत्तुका अनुसार छ मिटर नाघ्यो भने खतरा हुन्छ । नदीमा ढुङ्गा तथा ठूला काठ बगिरहेका छन्।

नदी बढेर सदरमुकाम खलङ्गाको बङ्गाबगड क्षेत्रमा तटबन्ध माथि चढेको छ। नदीमा पानीको बहाव बढ्दा आसपासका क्षेत्रमा जोखिम बढेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए।

नदी तटीय क्षेत्र तथा जिल्लाका अन्य नदी तथा खोलामा बाढी आउन सक्ने सम्भावना रहेकाले जिल्लावासीमा सावधानी र सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ। जेठ २८ गतेयता देशभर लगातारजसो पानी परिरहेको छ।

प्रकाशित मिति: १२:०७ बजे, शुक्रबार, असार ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्