Kathmandu Press

बूढीगण्डकीले दुई घर बगायो

गोरखा, असार ४ : धार्चे गाउँपालिका–१ स्थित यारु बगरमा बूढीगण्डकी नदीमा केही दिनदेखि परेको लगातारको वर्षाका कारण आएको बाढीले दुई घर बगाएको छ। जिल्ला...
बूढीगण्डकीले दुई घर बगायो

गोरखा, असार ४ : धार्चे गाउँपालिका–१ स्थित यारु बगरमा बूढीगण्डकी नदीमा केही दिनदेखि परेको लगातारको वर्षाका कारण आएको बाढीले दुई घर बगाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार नदीले यात्रु बगरका स्थानीयवासी राजकुमार ढकाल र गोपाल घलेको घर बिहीबार साँझ बगाएको हो। 

त्यस्तै ढकालको घर नजीकै रहेको बाख्रासहितको खोरसमेत बगाएको उनले जानकारी दिए। घर बगाएको जानकारी पाएलगत्तै प्रहरी टोली त्यहाँ पुगेर पीडित परिवारलाई नजीकै छिमेकीको घरमा राखिएको प्रहरी नायब उपरीक्षक दाहालले बताए। 

‘पीडित दुई परिवारलाई छिमेकीको घरमा आश्रय लिइरहनुभएको छ,’ उनले भने, ‘थप जोखिममा परेका परिवारलाई समेत अयन्त्र सारिएको छ ।’ नदीमा आएको बाढीले यारु बगरका थप सात घरसमेत उच्च जोखिमा रहेको जानकारी आएको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: ११:२४ बजे, शुक्रबार, असार ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्