Kathmandu Press

कोपा अमेरिकामा पेरुविरुद्ध ब्राजिलको सहज जित

काठमाडौं, असार ४ : ४६औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगितामा घरेलु टोली ब्राजिलले सानदार जित निकालेको छ। शुक्रबार बिहान स्टाडियो ओलम्पिको निल्टन सान्तोष भएको...
कोपा अमेरिकामा पेरुविरुद्ध ब्राजिलको सहज जित

काठमाडौं, असार ४ : ४६औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगितामा घरेलु टोली ब्राजिलले सानदार जित निकालेको छ। शुक्रबार बिहान स्टाडियो ओलम्पिको निल्टन सान्तोष भएको खेलमा नेमार प्रेरित ब्राजिलले पेरुमाथि ४–०को जित निकालेको हो।

कोपा अमेरिका ब्राजिलको यो लगातार दोस्रो जित हो । यसअघि उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलालाई ३–०ले रहाएको थियो। 

पेरुविरुद्ध सानदार जित दिलाउन नेमार, रिचार्लिसन, एलेक्स सान्ड्रो र एभर्टन लिवेरोले गोल गरेका थिए । उसले पहिलो हाफमा १ र दस्रो हाफमा तीन गोल गरेको थियो।

१२औं मिनेटमा सान्ड्रोको गोलमा ब्राजिलले सुरुआती अग्रता लियो । उनले ग्याब्रिअल जिससको पासमा गोल गरेका थिए। पहिलो हाफ १–० मै सकियाे । तर, दोस्रो हाफमा पेरुलाई थप दबाब दिँदै ब्राजिलले ३ गोल थप्यो।

६८औं मिनेटमा फ्रेडको पासमा नेमारले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए । ८९औं मिनेटमा एभर्टनले रिचार्लिसनको पासलाई सदुपयोग गर्दै गोल गरे भने इन्जुरी समयमा रिचार्लिसनले गोल गरेपछि ब्राजिलले ४–०को सानदार जित निकाल्यो । 

लागातार दोस्रो जितसँगै ब्राजिल ६ अंकसहित समूह एको शीर्ष स्थानमा छ । पेरुको भने यो पहिलो खेल हो।

प्रकाशित मिति: १०:२१ बजे, शुक्रबार, असार ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्